कैलाली । नेपाल–भारत सीमा नजिक रहेको पलिया कला खिरीमा भारतबाट फर्किरहेका नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ । धनगढीबाट झण्डै ३५ किलोमिटरको दुरीमा रहेको पलियाको बलदेव वैदिक इन्टर कलेजमा उनीहरुलाई क्वारेन्टाइनमा राखिएको हो । नेपाल र भारत दुवै देशमा जारी लकडाउनका कारण उनीहरु अलपत्र परेका थिए ।