विराटनगर, वैशाख १३ । धरानमा १०० शय्याको कोरोना विशेष अस्पताल बनाउन सुरु गरिएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पुनःस्थापना केन्द्रलाई एक साताभित्र सञ्चालनमा ल्याउने गरी कोरोना विशेष अस्पताल बनाउन सुरु गरिएको हो । पहिलो चरणमा १०० शय्यासहितको ‘आइसोलेसन’ कोरोना उपचार केन्द्र निर्माण गरिने अस्पतालले जनाएको छ । प्रदेश नम्बर–१ मा कोरोना संक्रमणको दर…