काठमाडौं । सरकारले नेपालमा कोरोनाभाइरसको सङ्क्रमण देखिएका व्यक्तिसँग सम्पर्कमा आएका मानिसहरूलाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार पहिचान गर्ने प्रकिया पूरा भएको र उनीहरूमध्ये कसैमा पनि कोभिड १९ नदेखिएको जनाएको छ । कन्टयाक्ट ट्रेसिङ गर्ने जिम्मा पाएको इपिडिमिओलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुखले देशभित्र प्रवेश गरेदेखि घर र समुदाय पुगेको अवस्थासम्म पीडितको सम्पर्कमा पुगेका व्यक्तिहरूलाई…