कैलाली, वैशाख २५ । धनगढी प्रयोगशालामा कोरोना परीक्षण बन्द भएको छ । धनगढीको पशु अन्वेषण प्रयोगशालामा स्थापना गरिएको ‘आरटी–पीसीआर’ मेसिनमार्फत् हुने कोरोना परीक्षण बन्द भएको हो । बुधबार राति चारजनाको परीक्षण भएकोमा किट सकिएपछि बिहीबबार परीक्षण बन्द गर्नुपरेको प्रयोगशालाले जनाएको छ । पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा पीसीआर किट र ‘आरएनए एक्पेक्सन’ किट आवश्यक हुने…