विराटनगर, बैशाख २८ । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचार गराइरहेका थप दुईजना कोरोना संक्रमित विरामी उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा भोजपुरका २७ वर्षीय युवक १० र झापा दमकका ६३ वर्षीय वृद्धलाई रहेका छन् । योसँगै कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट डिस्चार्ज हुनेको संख्या १६ पुगेको छ ।