वीरगन्ज, वैशाख ३१ । वीरगन्जको नारायणी अस्पतालबाट दुईजना कोरोनाभाइरस संक्रमित भागेका छन् । दुई पुरुष संक्रमितहरु बुधबार दिउँसो अस्पतालको ‘सर्जिकल वार्ड’को शौचालयबाट भागेको पर्सा प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् । उनीहरुलाई जसरीपनि नियन्त्रणमा लिएर अस्पतालमा भर्ना गर्ने आश्वासन उनले दिइन् । भागेका दुईजना मंगलबार (हिजो) साँझ अस्पतालमा भर्ना भएका थिए । उनीहरुको खोजीकार्य जारी…