बर्दिया, असार ३ । बर्दियामा बुधबार थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अञ्चल अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा जिल्लाको तीन स्थानीय तहका विभिन्न क्वारेन्टिनमा रहेका ३१ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएकाहरुमा बढइयाताल गाउँपालिकाका २६ जना, ठाकुरबाबा नगरपालिकाका ४ जना, राजापुर नगरपालिकाका १ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका…