सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरानस्थित प्रिति भल्भ एण्ड फिटिङस इण्डष्ट्रिज प्रालिका कर्मचारीको कन्ट्रयाक ट्रेसिङका आधारमा स्वाव संकलन गर्दा १२ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो । कोरोना संक्रमण पुष्टि भएका धरान–३ का एकै परिवारका पाँच जना रहेको धरान उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख उमेश मेहताले जानकारी दिनुभयो ।…