झापा । झापाको मेची प्रादेशिक अस्पतालले आज(विहीबार)देखि कोरोना परीक्षण शुरु गरेको छ । प्रदेश नम्बर १ सरकारको सहयोगमा मेची प्रादेशिक अस्पतालमा स्थापना गरिएको पीसीआर प्रयोगशालामा आजदेखि परीक्षण थालिएको हो । आज पहिलो दिन ५ जनाको नमूना परीक्षण गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पिताम्वर ठाकुरले जानकारी दिनुभयो । समुदाय स्तरमा कोरोना संक्रमण देखा पर्न थालेपछि ल्याव…