नुवाकोट, भदौ १० । चितवनस्थित भरतपुरमा रहेको 'आइसोलेसन'बाट फरार भएका एक संक्रमितलाई नुवाकोटमा पक्राउ गरी त्रिशूली अस्पतालको आइसोलेसनमा राखिएको छ । बेलकोटगढी नगरपालिका–५ घर भएका भरतपुर महानगरपालिकाको फोहोर संकलन गर्ने गाडीमा काम गर्दै आएका १९ वर्षीय जोयल भन्ने सुनिल परियारलाई बुधबार बेलकोटगढी–६, सुकौरा खोलाको किनारबाट पक्राउ गरेर त्रिशूली अस्पतालको आइसोलेसनमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी…