कञ्चनपुर, भदौ २२ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका कार्यालयमा कार्यरत् कार्यालय सहयोगी परिवारका चारजना सदस्यमा कोरोनाको संक्रमण पुष्टि भएको छ । नगरपालिका–११ का स्थायी बासिन्दा रहेका कार्यालय सहयोगीसहित उहाँकी श्रीमती, बज्यै र ठूलीआमामा कोरोनाको संक्रमण देखिएको हो । नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टकाअनुसार चारजनासँगै 'पीसीआर' परीक्षणका लागि स्वाब लिइएकामध्ये छोरीको स्वाबको नतिजा भने नेगेटिभ आएको…