काठमाडौं, भदौ २५ । सरकारले आत्महत्या रोक्नका लागि बिहीबारदेखि दुई अस्पतालमा आत्महत्या रोकथाम हेल्पलाइन सुरु गरेको छ । आत्महत्या रोकथाम दिवसका अवसरमा मानसिक अस्पताल लगनखेल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा हेल्पलाइन सुरु गरिएको इपिडिमियोलोजी तथा सरुवारोग नियन्त्रण महाशाखाका नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाका प्रमुख डा. फणिन्द्रप्रसाद बरालले जानकारी दिनुभयो । लगनखेलस्थित मानसिक अस्पतालमा…