काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप अभियानमा सञ्चारकर्मी र कुटनीतिक नियोगका कर्मचारीलाई खोप लगाउन सुरु गरेको छ । माघ २५ गते बसेको सचिवस्तरीय बैठकले सञ्चारकर्मी र कुटनीतिक नियोगमा कार्यरत कर्मचारीहरूलाई खोप लगाउने निर्णय गरेको हो । पाँच दिनसम्म चल्ने यो अभियानमा सहभागी हुन काठमाडौं उपत्यकाभित्र रहेका सम्बन्धित व्यक्तिहरूलाई मन्त्रालयले आग्रह गरेको छ ।…