कामाडौं । काठमाडौं महानगरपालिकाले विपन्न कोरोना संक्रमितको उपचारका लागि रकम निकासा गर्ने भएको छ । महानगरपालिकाले कोरोना नियन्त्रण तथा व्यवस्थापन गर्ने क्रममा विपन्न संक्रमित परिवारका लागि औषधि किन्न तथा अन्य व्यवस्थापकीय काममा खर्च गर्न ठूला वडालाई एक लाख रुपैयाँ, मझौला वडालाई ७५ हजार रुपैयाँ र साना वडालाई ५० हजार रुपैयाँसम्म निकासा पठाउने निर्णय गरेको छ…