Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमितलाई हेलिकप्टरबाट काठमाडौं पठाइयो

बागलुङ । जिल्लाका एक जना कोरोना संक्रमितलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ । धौलागिरी अस्पताल बागलुङमा कोरोना सक्रमित भई १७ दिनदेखि भेन्टिलेटरमा उपचाररत ७१ वर्षीय वृद्धलाई थप उपचारका लागि काठमाडौं पठाइएको धौलागिरी अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शैलेन्द्र विक पोखरेलले जानकारी दिनुभयो । संक्रमितलाई भेन्टिलेटर बाहिर ल्याउन समस्या भएपछि काठमाडौं पठाउनुपरेको डा. पोखरेल बताउनुभयो…