बागलुङ, बैशाख १५ । कोरोना संक्रमणबाट बागलुङमा एक जना महिलाको मृत्यु भएको छ । बागलुङ नगरपालिका ११ की ६१ वर्षीया महिलाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । मृतक महिलालाई बैशाख १० गते कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।…