काठमाडौं । काठमाडौं जिल्लामा कोरोनाविरुद्धको दोस्रो चरणको चिनियाँ खोप 'भेरोसेल' लगाउने अभियान सुरु हुने भएको छ । आगामी जेठ २ गतेदेखि खोप लगाउने अभियान सुरु गर्न लागेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जेठ २ गतेदेखि खोप कार्यक्रम सञ्चालन गर्न सम्बन्धित निकायलाई पत्र लेखी पठाउने निर्णय भएको जिल्ला प्रशासन…