काठमाडौं, जेठ ४ । नेपालमा कोरोनाभाइरसका थप दुई नयाँ प्रजाति (भेरियन्ट) फैलिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार विज्ञप्ती जारी गर्दै बी(१६१७२ र बी(१६१७१ प्रजातिका दुई म्युटेन्ट भाइरस भेटिएको जनाएको हो । देशका विभिन्न भागबाट गत साता संकलित ३५ नमुनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा जिन सिक्वन्सिङ गरी मंगलबार प्राप्त नतिजाअनुसार ९७ प्रतिशतमा…