काठमाडौं, जेठ ९ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपाललाई आगामी साता कोरोना भाइरसविरुद्धको स्वास्थ्य सामग्री पठाउने जनाएको छ । नेपालका साथै दक्षिण एशियाली मुलुक भुटान, माल्दिभ्स र श्रीलंकालगायतका मुलुकमा अबको केही सातामा अत्यावश्यकीय स्वास्थ्य सामग्री पठाइने डब्ल्यूएचओले विज्ञप्ति निकाली जनाएको छ । कोभिड–१९ को संक्रमणको चपेटमा परेका दक्षिण–पूर्वी एशियाली मुलुकहरुलाई ३४० मेट्रिक टनभन्दा धेरै…