काठमाडौं, जेठ १० । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण अझै एक महिना उच्च रुपमा बढ्न सक्ने भन्दै सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ । मन्त्रालयले सोमबार गरेको भर्चुअल पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले अबको चार हप्तापछि मात्रै संक्रमण विस्तारै घट्ने देखिएकाले यो अवधिभर सचेत रहनु पर्ने बताउनुभयो । संक्रमण दर बढ्दै गएको अवस्थामा…