काठमाडौं । स्वास्थ्य कार्यालय काठमाडौंले जिल्लाभरका ५२ स्थानमा केन्द्र तोकेर खोप लगाउने भएको छ । सोमबार विज्ञप्ति जारी गर्दै कार्यालयले भोलिदेखि सुरु हुने ६० देखि ६४ वर्ष उमेरसमूहका व्यक्तिहरूका लागि काठमाडौंभरका ५२ स्थानबाट खोप लगाइने जनाएको छ । जिल्लाका स्थानीय तहहरूले बढीमा पाँत दिनभित्र चीनले अनुदानम दिएको भेरोसेल खोपको पहिलो मात्रा लगाइसक्न कार्यालयले निर्देशन दिएको…