कैलाली । सुदूरपश्चिम प्रदेशका दुई सीमा नाका हुँदै भारतका विभिन्न स्थानबाट नेपालीहरू फर्किने क्रम बढेको छ । कैलालीको त्रिनगर भन्सार र कञ्चनपुरको गड्डाचौकी सीमा नाका हुँदै भारतबाट नेपालीहरू फर्किन थालेपछि स्थानीयमा कोरोनाको त्रास बढेको छ । कोरोना महामारी सुरु भएदेखि नै सुदूरपश्चिममा संक्रमणको जोखिम यथावत नै देखिएको छ । विभिन्न नाका हुँदै नेपालीहरू निर्वाध आउजाउ…