काठमाडौं, पुस २६ । काठमाडौं उपत्यकामा मंगलबारदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारले काठमाडौं उपत्यकाका सबै स्थानीय तहमा १२ देखि १८ वर्षमुनिका बालबालिकाहरूलाई कोरोना विरुद्धको खोप दिने जनाएको हो । ति उमेर समूहका बालबालिकालाई फाइजर र मोडर्नाको खोप दिन लागेको हो ।