काठमाडौं । स्वास्थ्य मन्त्री विरोध खतिवडाले आगामी पाँच वर्षभित्र नेपाललाई क्षयरोगमुक्त बनाउने योजना रहेको बताउनुभएको छ । विश्व क्षयरोग दिवसको अवसरमा राष्ट्रिय क्षयरोग केन्द्र सानो ठिमीले गरेको कार्यक्रममा मन्त्री खतिवडाले क्षयरोग निवारणका लागि सरकारको एकल प्रयास सम्भव नभएकाले अन्य मन्त्रालय तथा नागरिक समाजको सहयोग अपरिहार्य रहेको बताउनुभयो । साथै क्षयरोग सम्बन्धी कार्यक्रमलाई ७७ वटै जिल्लामा…