बाजुरा । बाजुरा-बूढीनन्दा नगरपालिकाको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा स्त्रीरोग विशेषज्ञ सेवा पनि सुरु भएको छ । कर्णाली स्वास्थ्य प्रतिष्ठानको सहयोग र पालिकाको सहयोगमा सेवा सुरु गरेको नगरप्रमुख जनककुमार बोहोराले जानकारी दिनुभयो । विशेषज्ञ चिकित्सकको व्यवस्थापन भएपछि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक प्रसुति सेवा पनि सञ्चालनमा ल्याउने नगरप्रमुख बोहोराले जानकारी दिनुभयो । बिगतमा चिकित्सक नहुँदा बिरामीले…