कांग्रेसका जिल्ला सभापति रामसरोज यादवले दिएको जानकारीअनुसार सबै उम्मेदवारको नामावली केन्द्रमा पठाइएको छ । सिफारिस गरिएकामध्ये धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा विमलेन्द्र निधिको नाममा मात्रै सर्वसम्मति भएको छ । प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ आनन्दप्रसाद ढुंगाना र प्रेमकिशोर साह तथा समानुपातिकतर्फ पुष्पलता लामा, मेघनाथ यादव, पुनमदेवी पंजियार र उपादेवी साहको नाम…