Logo १० कार्तिक २०८३, मंगलबार | Tue Oct 27 2026


राप्रपा भक्तपुरद्वारा ३१ जनाको नाम सिफारिस


0
Shares

पार्टीको जिल्ला समिति बैठकले अन्तिम नामावली केन्दीय कार्यसमितिमा सिफारिस गरेको पार्टीका जिल्ला सचिव मुकुन्द कार्कीले जानकारी दिए ।

सिफारिस भएकामध्ये प्रतिनिधिसभातर्फ भक्तपुर क्षेत्र नम्बर–१ को प्रत्यक्षतर्फ रविकृष्ण श्रेष्ठ र क्षेत्र नम्बर–२ मा रमेश राजबाहक रहेका छन् ।

समानुपातिकतर्फ भने सानुकाजी हेक्का, श्यामप्रसाद नेपाल, विष्णुप्रसाद त्वायनावासु, राधिका आचार्य, मञ्जु कार्की, रामप्रसाद न्यौपाने, भुवन ढुंगेल, बुद्धिकुमार मुस्याख्व शान्तिभक्त वाटी, लक्ष्मीसुन्दर पक्का, सुमित्रा भण्डारी, लक्ष्मी छुस्यावाग रहेका छन् ।

त्यसैगरी, प्रदेश समानुपातिकतर्फ दिनेश श्रेष्ठ, नरगोविन्द शंखदेव, विनोद कार्की, उत्तम गिरी, गोपालप्रसाद तिमिल्सिना, भुवन वागश्रेष्ठ, मोहनकृष्ण मातांगुलु, रजनी खड्का, विश्वेश्वर प्रकाश चौलागाइँ, मनोज तिमिल्सिना, बाबु थापा, मोहन केसी, सरिता श्रेष्ठ, कृष्णलक्ष्मी चाँसी श्रेष्ठ, सुवर्ण गिरी, रामबहादुर थापा र शम्भुप्रसाद लामिछानेको नाम सिफारिस गरिएको छ ।

प्रदेश प्रत्यक्षतर्फ भने नाम सिफारिस नगरिएको बताउँदै उनले लोकतान्त्रिक गठबन्धनसँग तालमेल गर्ने भएकाले नाम सिफारिस नगरिएको बताए । रासस

Skip This