अदालतको आदेशबमोजिम मतपत्र छापेर तोकिएको मितिमा निर्वाचन गर्न निकै कठिन छ भने अर्कोतिर अदालतको आदेश मन्नैपर्ने बाध्यता पनि छ । निर्वाचन कार्यतालिका हेरफेर नभए अबको एक महिनामा प्रदेशसभा र प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचन हुनेछ । आयोगले दोस्रो चरणका लागि बिहीबार बाँकी ४५ सै जिल्लामा निर्वाचन कार्यालय खोलेर अधिकृत तोकिसकेको छ । निर्वाचन आयोगको तयारीकैबीच पनि…