प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार साँझ बसेको बैठकमा आगामी मंसिर १० र २१ गतेका लागि निर्धारित निर्वाचनको सुरक्षा तयारी, सम्भावित सुरक्षा चुनौती र आवश्यक रणनीतिका विषयमा छलफल भएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष बनाउन आवश्यक सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका थिए । बैठकमा नेपाली सेना, नेपाल…