प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भोट हाल्न प्रेरित गर्न र भोट हाल्ने तरिका सिकाउन मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको हो । पहिलो चरणको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन आउन दुई हप्ता बाँकी रहँदा निर्वाचन आयोगले मतदाता शिक्षा सुरु गरेको हो । आयोगले मतदाता शिक्षाका लागि करिब २० हजार कर्मचारी परिचालन गरेको छ । उनीहरुले जिल्ला सदरमुकामबाट गाउँगाउँमा…