उम्मेदवारहरु मत माग्न घरघरमा पुगिरहेका बेला मतदाताले पनि विभिन्न माग राखिरहेका छन् । प्रमुख राजनीतिक दलका प्रभावशाली नेताहरु निर्वाचनको मैदानमा उत्रिएर घरघरमा पुग्दै विकास र समृद्धिका योजना सुनाइरहँदा स्थानीयवासी पनि अब मुलुक आर्थिक समृद्धिको बाटोमा लम्कनेमा आशावादी देखिएका छन् । तराई, पहाड र भित्री मधेसका १२ जिल्ला समेटिएर प्रदेश नम्बर–५ मा विभिन्न दलका ‘हेभीवेट’ नेता…