नेपाली कांग्रेस, वाम गठबन्धन र मधेसी गठबन्धनका उम्मेदवारमात्र नभएर स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा उत्रिएपनि त्रिपक्षीय उम्मेदवारको भिडन्त नै अहिलेसम्म चासो र चर्चाको विषय बनेको हो । चारओटै निर्वाचन क्षेत्रमा कांग्रेस, फोरम–राजपा नेपाल गठबन्धन र एमाले–माओवादी केन्द्र गठबन्धनका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । पर्सामा चारओटै निर्वाचन क्षेत्रमा ६४ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका…