सुगम भनेर चिनिने कैलालीको चुरे गाउँपालिका अन्तर्गत पर्ने दुर्गम गाउँ सिम्ती र बुढीगाउँमा अहिलेसम्म उम्मेदवार नपुगेका हुन् । ती गाउँमा अहिलेसम्म चुनाव प्रचारप्रसारका बेला पुग्ने पार्टीका केही कार्यकर्ता बाहेक कुनै पार्टीका उम्मेदवार नपुगेको मतदाताले बताएका छन् । चुनाव आउँदा केही कार्यकर्ता पुग्ने गरे पनि पार्टीका जिल्लास्तरीय शीर्षस्थ नेताहरुको नाकमुख पनि देख्न नपाएको त्यस क्षेत्रका मतदाताको…