काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा मतदातालाई सुसूचित गर्न ठूला–ठूला फ्लेक्स र होर्डिङ्ग बोर्ड झुण्ड्याइएका छन् । पैदल यात्रीलाई हिँड्दा हिँड्दै मतदाता शिक्षाबारे जानकारी होस् भन्ने उद्देश्यले आयोगले व्यस्त चोक तथा सडकलाई केन्द्रीत गरी मतदान गर्ने तरिकासहितका जानकारीमुलक सन्देश उल्लेखित सामग्री टाँगेको छ । दैनिक जीवनमा सँधैजसो व्यस्त रहने राजधानीबासीका लागि घरघरमा मतदाता शिक्षा कार्यक्रम अन्तर्गत दिइने…