-हरि लामिछाने/किरण भट्टराई(रासस) मतदान गर्न नपाउनेहरूमा पूर्व प्रधानमन्त्रीदेखि वर्तमान उपप्रधानमन्त्री, मन्त्री र पार्टीका शीर्ष नेताहरूसम्म छन् । आफ्नो मतदाता नामावली रहेको स्थानबाट उम्मेदवारी नदिई अन्य स्थानबाट उम्मेदवारी दिएका कारण उनीहरूले आफूलाई मतदान गर्नबाट वञ्चित भएका हुन् । मतदाता नामावलीमा नाम जहाँ छ, सोही स्थानबाटमात्रै मतदान गर्न पाउने कानुनी प्रावधानका कारण उनीहरूले आफ्नो मत आफूलाई सुरक्षित…