जिल्लाका ५ सय ९८ मतदान केन्द्रमा बिहानै ७ बजेबाट मतदान सुरु भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले बताए । बिहानैदेखि मौसम सफा भएकाले मतदाताहरु मतदानका लागि उत्सुकताका साथ लामबद्ध भएका छन् । मत खसाल्न पाएकोमा मतदाता उत्साहित छन् भने कता मत खस्ने भन्नेमा उम्मेदवार चिन्तित देखिएका छन् । ५ निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा…