उपप्रधानमन्त्री तथा राप्रपा अध्यक्ष थापाद्वारा मतदान • Image Khabar Image Khabar


उपप्रधानमन्त्री तथा राप्रपा अध्यक्ष थापाद्वारा मतदान


Imagekhabar
२१ मंसिर २०७४, बिहीबार ११:३३

उपप्रधानमन्त्री तथा राप्रपा अध्यक्ष थापाद्वारा मतदान

सो अवसरमा उनले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै वर्तमान संविधानलाई जीवन्त राख्न र प्रजातन्त्रको सुदृढीकरण गर्ने क्रममा यो निर्वाचनले महत्वपूर्ण योगदान दिएको बताए । उनले राजनीतिक स्थायित्व र दिगोशान्तिका लागि प्रमुख दलहरुको एजेण्डा बन्नुपर्ने बताए ।

उपप्रधानमन्त्री थापाले जनताको आर्थिक समृद्धि गर्ने र राष्ट्रलाई बाह्य शक्तिको चलखेलबाट जोगाउन प्रमुख दलले आफ्नो दलगत स्वार्थ त्यागेर राष्ट्रको लागि त्याग गर्नुपर्ने समय आएको बताए । (रासस)

प्रतिक्रिया दिनुहोस्