आज भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्याङ्जा क्षेत्र नम्बर २ मा पर्ने अमरदीप आधारभूत विद्यालय आलमदेवी केन्द्रमा ११५ वर्षीया दमन्ती थापामगरले मतदान गरेकी हुन् । ७ सय ९६ मतदाता रहेको आलमदेवी केन्द्रमा बिहान ७ बजे नै उनले मतदान गर्नुभएको मतदान अधिकृत तेजबहादुर थापाले जानकारी दिए । कालीगण्डकी–३ आलमदेवी देउरालीकी दमन्तीको जन्म १९५९ कात्तिक १० गते…