बिहान ९ बजे बसेको सर्वदलीय बैठकमा नेपाली कांग्रेसले बालकोट घटनाको छानबिन गर्नुपर्ने, घाइतेको उपचार गर्नुपर्ने, सिसा फुटेको घरको क्षतिपूर्ति दिनुपर्ने माग राखेपछि मतगणना सुरु हुन सकेको थिएन । शुक्रबार दिउँसो दुईपटक प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको नेतृत्वमा बसेको बैठक सहमतिमा पुगेपछि साँझ ५ः३० बजेदेखि मतगणना सुरु भएको हो । प्रजिअ पोखरेलले भने–‘कांग्रेसलगायत दलसँग भएको बैठकमा…