अरु पार्टीका कसैले पनि उम्मेदवारी दर्ता नगरेपछि कांग्रेसका उम्मेदवार निर्विरोध वडाध्यक्ष भएका हुन् । निर्विरोध भएपनि निर्वाचन अधिकृतको कार्यालयले घोषणा गर्न बाँकी नै छ । चुमनुब्री गाउँपालिकाको वडा नम्बर–१ सामागाउँको वडाध्यक्षमा कांग्रेसबाट वीरबहादुर लामा निर्विरोध भएका हुन् । गौरीशंकर निमाविको प्रधानाध्यापक पदबाट राजीनामा दिइ लामाले वडाध्यक्षका लागि उम्मेदवारी दिएका थिए । यस्तै, चुमनुब्री गाउँपालिकाको वडा…