यससँगै जिल्लाका स्थानीय तहमा पाँच जना निर्विरोध निर्वाचित भएका छन् । नेकपा (एमाले)का तर्फबाट मस्र्याङ्दी गाउँपालिका–८ भुलभुलेमा कृष्णकुमारी गुरुङ महिला सदस्यमा निर्विरोध भएकी छन् । सोही पदमा नेपाली काँग्रेसबाट उम्मेदवारी दिएकी मनकाशी अतिरिक्त हुलाक कार्यालय भुलभुलेमा कार्यरत कर्मचारी भएको उजुरी परेपछि उम्मेदवारी रद्द गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै मस्र्याङ्दी गाउँपालिका–६ बाहुनडाँडामा एमालेबाटै…