जोशीको पक्षमा ८ हजार ५७ मत प्राप्त भएको छ । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका मेघनाथ सुवेदीका पक्षमा ७ हजार २३९ मत गएको छ । त्यस्तै, उपप्रमुखमा कांग्रेसकै सीता काफ्ले लामिछाने विजयी भएकी छन् । लामिछानेले ८ हजार ४१९ मत ल्याउँदा एमाले उम्मेदवार मुवाकुमारी शर्माले ७ हजार २१ मत प्राप्त गरेकी छन् । रासस