समन्वय समितिको शुक्रबार सम्पन्न निर्वाचन परिणामअनुसार एमालेका तर्फबाट संयोजक पदमा उठाइएका बबी चाम्लिङसहित प्यानल नै विजयी भएको हो । विजयी चाम्लिङले १३ मत पाए भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका संयोजकका उम्मेदवार प्रकाश श्रेष्ठले ७ मत ल्याएको मुख्य निर्वाचन अधिकृत शान्तिप्रसाद आचार्यले जानकारी दिए । त्यस्तै, समन्वय समितिको सहसंयोजकमा एमालेकी गोमादेवी खत्री १३ मत ल्याएर विजयी…