न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले सोमबार छलफलका लागि सरकारलाई बोलाउने आदेश जारी गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, व्यवस्थापिका–संसद, निर्वाचन आयोगलगायतलाई विपक्षी बनाइ अधिवक्ता सुनिलकुमार पटेल र कपिलवस्तु निवासी सुनिलकुमार चौहानले यही असार १ गते ११ जिल्लामा निर्वाचनसम्बन्धी कुनैपनि काम–कारबाही नगर्न आदेशको माग गर्दै निवेदन दायर गरेका थिए…