सिंहदरबारस्थित रक्षा मन्त्रालयमा मंगलबार भएको भेटमा मन्त्री पोखरेलले नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ रहेको र यस प्रकारको सम्बन्ध दुवै देशका सरकार र जनताबीचमात्र नभइ प्रकृति प्रदत्तरुपमा नै विकास हुँदै गएको बताए । नेपाली सेनाको क्षमताको विकासका लागि भारत सरकारले पुर्याउँदै आएको सहयोग र सद्भावप्रति आभार प्रकट गर्दै उनले आगामी दिनमा पनि निरन्तर सुमधुर सम्बन्ध रहने…