
मृतकको सूचीमा नाम रहेको तर शव कुन हो भनेर पहिचान हुन नसक्दा आफन्तहरुको छटपटी बढ्दै गएको छ ।
दुर्घटनामा मृतकको सूचीमा रहेकी पाटन निवासी आश्ना शाक्यका भाइ उत्सव दिदीको शव खोज्दै मंगलबार विभिन्न अस्पतालमा चहारिरहेका भेटिए ।
बंगलादेशमा एमबीबीएस अन्तिम वर्षमा पढिरहेकी २५ वर्षीय आश्ना साथीहरुसँग घर फर्कंदै थिइन् ।
आश्नाको शवको पहिचान हुन नसक्दा उनका आफन्तलाई पीडामाथि पीडा थपिएको छ ।
प्रतिक्रिया दिनुहोस्