विमान दुर्घटनाः शोकाकुल आफन्त (भिडियो रिपोर्ट) • Image Khabar Image Khabar


विमान दुर्घटनाः शोकाकुल आफन्त (भिडियो रिपोर्ट)


Imagekhabar
२९ फाल्गुन २०७४, मंगलवार १७:१९

विमान दुर्घटनाः शोकाकुल आफन्त (भिडियो रिपोर्ट)

त्यसक्रममा त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेका शोकमग्न आफन्तहरुको अवस्था कम्ती हृदयविदारक थिएन ।

विगत ८ वर्षदेखि खाडीमुलुक कतारमा कार्यरत् सलाही, कवीलासपुर निवासी २१ वर्षीय अभिदेश यादव गत कात्तिकमा काठमाडौं आएका थिए ।

रोजगारीको सिलसिलामा कतार पुगेका यादव बाबु–आमालाई कतार घुमाउन लैजाने सपना बोकेर नेपाल फर्कंदै थिए ।

तर, विमानले नेपालको धर्ती टेक्न भ्याउँदा–नभ्याउँदै उनको सपना सधैंको लागि अधूरै बन्न पुग्यो ।

आफन्तको पर्खाइमा रहेका यादवका परिवारजस्तै थुप्रै परिवारहरु अहिले तिनको शव बुझ्नका लागि त्रिवि शिक्षण अस्पतालमा भावविह्वल अवस्थामा छन् ।

कोहीले आफ्नो एकमात्र सन्तान गुमाएका छन् भने कोहीले आफन्त । मृत्यु हुने ४९ मध्ये २२ जना नेपाली छन्, जसमा नेपालकै सुविख्यात डाक्टरदेखि बंगलादेशमा मेडिकल शिक्षा अध्ययन गरिरहेका विद्यार्थी छन् ।

यस्तै, ट्राभल एजेन्सीको कार्यक्रममा पुगेर फर्किएका र वैदेशिक रोजगारमा रहेकाले पनि दुर्घटनामा परेर जीवन गुमाएका छन् ।

दुर्घटनामा मृत्यु भएकाहरुको शव पूरै जलेका कारण पहिचान गर्न पनि मुस्किल भइरहेको छ ।

बंगलादेशको ढाकाबाट उडेको युएस बंगला विमान सोमबार अपराह्न करिब २ बजेर १८ मिनेटमा काठमाडौं विमानस्थलमा अवतरण गर्नेक्रममा दुर्घटनाग्रस्त बनेको थियो ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्