माटोको ढिस्कोले पुरिएर तीनजना घाइते, दुईको अवस्था गम्भीर • Image Khabar Image Khabar


माटोको ढिस्कोले पुरिएर तीनजना घाइते, दुईको अवस्था गम्भीर


Imagekhabar
२९ फाल्गुन २०७४, मंगलवार १६:५३

माटोको ढिस्कोले पुरिएर तीनजना घाइते, दुईको अवस्था गम्भीर

घाइते हुनेहरुमा दशरथचन्द नगरपालिका–१, श्रीखन्डका ५२ वर्षीय मानप्रसाद भट्ट, ३५ वर्षीय गोविन्दप्रसाद भट्ट र ३५ वर्षीय गणेशदत्त भट्ट रहेका छन् ।

घाइतेमध्ये मानप्रसाद र गोविन्दको अवस्था गम्भीर रहेको प्रहरीचौकी गुरुखोलाका प्रहरी सहायक निरीक्षक जयसिंह भाटले जानकारी दिए ।

मानप्रसादको हात र मुखमा गम्भीर चोट लागेको छ भने गोविन्दप्रसादको ढाड र पेटमा चोट लागेको छ ।

गम्भीर घाइते दुवैजनालाई उपचारका लागि भारतको पिथौरागढ लगिएको छ भने गणेशदत्तको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बैतडीको श्रीखन्डमा ढुंगा निकाल्नेक्रममा मंगलबार दिउँसो १ बजेतिर एक्कासि माथिबाट खसेको माटोको ढिस्कोमा पुरिएर उनीहरु घाइते भएका हुन् ।

ढिस्कोमा पुरिएका घाइतेलाई प्रहरीचौकी गुरुखोलाबाट ग्रामीणगस्तीमा गएका प्रहरी र स्थानीयबासीले उद्धार गरेका थिए ।

गोविन्दको घर निर्माणका लागि उनीहरुले ढुंगा निकालिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्