करेन्ट लागेर फलेवास नगरपालिका वडा नम्बर–५, गहतेकी २७ वर्षीया लक्ष्मी सुनारको ज्यान गएको हो । आफ्र्नै घरको मिटरबक्सबाट शौचालयमा लगेको विद्युत्को तारमा लुगा सुकाउनेक्रममा उनलाई करेन्ट लागेको थियो । घरभन्दा छुट्टै रहेको शैचालयमा लगिएको विद्युत्को तारमा लुगा सुकाउनेक्रममा करेट लागेर घाइते भएकी सुनारलाई उपचारका लागि फलेवासस्थित धुलिखेल अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको…