
करेन्ट लागेर फलेवास नगरपालिका वडा नम्बर–५, गहतेकी २७ वर्षीया लक्ष्मी सुनारको ज्यान गएको हो ।
आफ्र्नै घरको मिटरबक्सबाट शौचालयमा लगेको विद्युत्को तारमा लुगा सुकाउनेक्रममा उनलाई करेन्ट लागेको थियो ।
घरभन्दा छुट्टै रहेको शैचालयमा लगिएको विद्युत्को तारमा लुगा सुकाउनेक्रममा करेट लागेर घाइते भएकी सुनारलाई उपचारका लागि फलेवासस्थित धुलिखेल अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक सुनारको शव पोस्टमार्टमका लागि सदरमुकाम कुस्मास्थित जिल्ला अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी प्रमुख दिलीप घिमिरेले जानकारी दिए ।
मृतक सुनारका एक छोरा र दुई छोरी रहेका छन् भने श्रीमान् रोजगारीका सिलसिलामा कतारमा छन् ।
प्रतिक्रिया दिनुहोस्